सर्वोच्च बारद्वारा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृहको ध्यानाकर्षण | Khabarhub Khabarhub

सर्वोच्च बारद्वारा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृहको ध्यानाकर्षण


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा नकरात्मक टीकाटिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै यही भदौ १८ गते गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिप्रति बारले ध्यानाकर्षण जनाएको हो ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा उल्लेख भएबमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रलाई कुण्ठित हुने गरी कुनै पनि निकायले विज्ञप्ति जारी गर्न नहुने उल्लेख छ ।

नेपालको संविधानको धारा १७ को उपधारा (२) को खण्ड (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । जसअनुसार राज्यभित्र हुने जुनसुकै क्रियाकलापको स्वस्थ टीकाटिप्पणी गर्न पाउने हकबाट कुनै पनि नागरिकलाई वञ्चित गर्न नपाउने विज्ञप्तिमा छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : २८ बजे

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा (कतार) – प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १५ गते आइतबार। असार

आज २०८२ साल असार १५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १५ गते आइतबार। असार

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो