एमाले-जसपा विभाजन : जनप्रतिनिधिले दल रोज्ने आज अन्तिम दिन « Khabarhub

एमाले-जसपा विभाजन : जनप्रतिनिधिले दल रोज्ने आज अन्तिम दिन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोजी सक्नु पर्ने समयावधी आज सकिँदै छ ।

२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले भदौ २ मा जारी गरेपछि नेकपा एमाले र जनता समाजवादी विभाजन भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले आजसम्मको समयावधि दिएको थियो ।

यसअवधिमा सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले धमाधम विभाजित पार्टी रोजिरहेका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रदेशमा पनि २२ प्रतिशत जनप्रतिनिधि पुगेको उक्त पार्टीका नेताहरुले बताएका छन् । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनिसकेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ५५ बजे

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगोमाथि विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने