कन्काईले कज्वे बगायो, ९० परिवार टापुमा « Khabarhub

कन्काईले कज्वे बगायो, ९० परिवार टापुमा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– केही दिन यताको अविरल वर्षासँगै कन्काई नदीको भंगालो पसेपछि बाटो बगाउँदा झापाको गौरीगञ्ज १ साविक महाभाराको होक्कलबारी बस्तीका सर्वसाधारणको आवतजावत बन्द भएको छ ।

त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कन्काईको पानी भंगालोका रुपमा होक्कलबारी तर्फ पसेको हो । केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बाबजुद सोमबार राति चौरी र होक्कलबारी बस्तीको बीच भागबाट भंगालो पसेको स्थानीय प्रेम राईले जानकारी दिए ।

उनका अनुसार टप्पु बस्ती आसपासका केही घर परिवारसमेत खोलाको बाढीका कारण विस्थापित हुने अवस्थामा छन । रातिनै खोलो पसेर कज्वे भत्काइरहेको उनले बताए ।

उनका अनुसार कन्काईले धार परिवर्तन गरेर पहिलेकै स्थानमा फर्किदा यस अघि सयौं परिवार विस्थापित भएको सो ठाउँमा हाल रहेका ९० घर परिवार समस्यामा परेका छन । उनीहरुको बाहिरी सम्पर्क विच्छेद हुने खतरा बढेको छ ।

नदी कटान प्रभावित क्षेत्रमा यस अघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा अधिकारीहरु सहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले कन्काईको कटानले बस्तीमा परेको प्रभावका बारेमा स्थानीय सरकारका अतिरिक्त माथिल्लो निकायको समेत ध्यानाकर्षण गराइएको र तत्काल आउन सक्ने जोखिमलाई मध्यनजर गरेर आवश्यक रोकथामका सबै प्रयासहरु शुरु गरिएको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : १४ बजे

अमेरिकालाई रातो कार्ड कति महँगो पर्ला ?

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको