अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी « Khabarhub

अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् ।

‘अमेरिकालाई कूटनीतिक नोट पठाएको र यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन’, उनले भने ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वानगरेसँगै एमसीसी संसदबाट पारित गर्ने सम्भावना बढेको भन्दै चौतर्फी विरोध भएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि संसद बैठक आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ४५ बजे

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ