अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी « Khabarhub

अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् ।

‘अमेरिकालाई कूटनीतिक नोट पठाएको र यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन’, उनले भने ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वानगरेसँगै एमसीसी संसदबाट पारित गर्ने सम्भावना बढेको भन्दै चौतर्फी विरोध भएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि संसद बैठक आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ४५ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ