गर्मीले हैरान हुनुहुन्छ ? पानीसँगै मिलाएर पिउनुहोस् यी ५ चिज « Khabarhub

गर्मीले हैरान हुनुहुन्छ ? पानीसँगै मिलाएर पिउनुहोस् यी ५ चिज


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


गर्मीको समय, खानपानमा विशेष ध्यान दिन सकिएन भने विभिन्न प्रकाकार स्वास्थ्य समस्या झेल्नुपर्ने अवस्था आउँछ । यस्तो स्वास्थ्य समस्या बाह्य (देखिने) र आन्तरिक (नदेखिने) पनि हुन्छ ।

गर्मी समयमा खानपानमा ध्यान नदिँदा विभिन्न प्रकारका सरुवा रोगको संक्रमण छिट्टै सर्ने खतरा हुन्छ । यसका साथै तपाईंले आफ्ना बाह्य तोचाको सुरक्षाका लागि पनि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्मीको बेला धेरै पानी पिउनु जति आम कुरा हुन्छ, त्यति नै पानीसँगै केही खानेकुरा मिलाएर पिउँदा अझ लाभदायक हुन्छ ।

आज हामी गर्मीको समयमा पानीसँगै मिलाएर खानेकुरा र त्यसले तपाईंको स्वास्थ्यमा पार्ने सकरात्मक प्रभावका बारेमा केही जानकारी यहाँ उल्लेख गर्दैछौं,

दालचिनी

तपाईं आफूले पिउने पानीलाई पहिले उमाल्नुहोस्, त्यसमा पानीको मात्रा अनुसार दालचिनीको धूलो पनि मिलाउनुहोस् (जस्तै १ गिलास पानीमा १ चम्चा दालचिनीको धूलो) । त्यसपछि पानीलाई छानेर चिसो भएपछि पिउन सक्नुहुन्छ । यस्तो पानीलाई तपाईंले दिनभरी पिउने गर्नुभयो भने तपाईंको पाचन पक्रियामा सुधार आउने छ । साथै मुखमा आउने दूर्गन्धबाट पनि छुटकरा पाउन सकिन्छ । यसका साथै दालचिनीको पानीले तपाईंको रक्तसञ्चार प्रक्रियालाई राम्रो बनाउने छ ।

स्ट्रबेरीको रस

यदि तपाईंले गर्मीका समयमा पानीमा स्ट्रबरीको रस मिलाएर पिउनुभयो भने यसले तपाईंको त्वचामा निखार ल्इाउने छ । साथै गर्मीका समयमा घामको किरणबाट छालामा बस्ने जाने दाग–धब्बाबाट पनि छुट्करा पाइने छ ।

पुदिना

पुदिना आफैंमा एक औषधि मानिन्छ । तपाईंले पानीमा पुदिना मिलाएर पिउनुभयो भने यसले तपाईंलाई गर्मीको समयमा सितलता प्रदान गर्नुका साथै रक्तसञ्चार प्रक्रियामा समेत मद्दत पु¥याउने छ ।

कागती

गर्मीका बेला कागती पानी पिउनु सबैका लागि आम कुरा नै हो । यसले शरीरमा स्फूर्ति प्रदान गर्छ । साथै कागतीमा हुने औषधीय गूणले पनि गर्मीको समयमा राहत प्रदान गर्ने छ ।

मह

महमा ब्याक्टेरियासँग लड्ने गुण हुन्छ । साथै यसले तपाईंको अनुहार तथा छालामा रहेका दाग–धब्बा हटाउन पनि मद्दत गर्छ । दैनिक विहान तातोपानीसँग मह मिलाएर पिउँदा तपाईंको पेटको बोसो मात्रै घट्दैन कि यसले तपाईंलाई स्फूर्ति पनि प्रदान गर्छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : २१ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।