खोटाङमा ११ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत « Khabarhub

खोटाङमा ११ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा नेकपा एमालेबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । एमालेका जिल्ला समन्वय समिति प्रमुख, जिल्ला समन्वय समितिका दुई सदस्य, एक वडाध्यक्ष र सात वडासदस्यले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेसँगै निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि मंगलबारसम्मको समय सीमा दिएको थियो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की र रञ्जना राई, बराहपोखरी गाउँपालिका-४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । यस्तै बराहपोखरी गाउँपालिका-५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडा सदस्य हरिबहादुर राई, केपिलासगढी गाउँपालिका-३ बासपानीका शिवकुमार राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडा सदस्य रामकुमार बस्नेतले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नयाँ दल रोजेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ३६ वडाध्यक्षमध्ये एक जनाले मात्र एकीकृत समाजवादी रोजेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र प्रदेशसभा सांसद उषाकला राई एमालेमै रहेका छन् ।

उता प्रदेशसभा सदस्य राजन राईले मात्र एकीकृत समाजवादी रोजेका छन् । चाम्लिङ एमालेको जिल्ला अध्यक्ष छाडेर एकीकृत समाजवादीको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ५५ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने