भरुवा बन्दुक बनाएर बेच्ने एक जना पक्राउ, ५ थान हरिणको सिङ समेत बरामद « Khabarhub

भरुवा बन्दुक बनाएर बेच्ने एक जना पक्राउ, ५ थान हरिणको सिङ समेत बरामद


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जिल्ला प्रहरी कार्यालय मोरङले भरुवा बन्दुक बनाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री तथा वन्य जन्तुका अंगसहित प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले घरमा अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

उनको घरबाट एक थान लोड गरिराखेको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग हुने २ थान नाल, काठको ४ थान बट, विष्फोटक पदार्थ १ केजी, ५ थान हरिणको सिङ, फलामको ३ थान काजोलगायतका सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुमाथि हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले फेसबुकमा यस्तो लेखेको छ-

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका