विदेश जाने एक विद्यार्थीका लागि त्रिबिकै परीक्षा सार्न पनिकालाई पत्र ! « Khabarhub

विदेश जाने एक विद्यार्थीका लागि त्रिबिकै परीक्षा सार्न पनिकालाई पत्र !


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपला ल क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा नै सार्न कलेज प्रशासनले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ ।

बीएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत ती विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्न अनुरोध गर्दै कलेजले पत्र पठाएको हो । कलेज आफैले नभई विद्यार्थीले नै खोजेको कार्यक्रमका लागि ती विद्यार्थी विदेश जान लागेपछि कलेज प्रशासनले उनलाई सिफारिसदिएको छ । उनीसँगै अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनेछन् ।

तीन जना विद्यार्थी विदेश जान लागेको भएपनि एक जना विद्यार्थी मात्र आगमी जेठ २७ गतेबाट सञ्चालन हुने भनिएको परीक्षाका परीक्षार्थी हुन् । अन्य दुई विद्यार्थी भने अन्य तहका रहेको बुझिएको छ । विदेश जान लागेका विद्यार्थी स्वदेश फर्किएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी तालिका मिलाउन कलेज प्रशासनले पत्राचार गरेको हो।

क्याम्पस प्रमुख डा डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए। अन्य विद्यार्थीले भने परीक्षा नसार्न दबाब दिएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ४३ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन