दरमा के खाने के नखाने ? | Khabarhub Khabarhub

दरमा के खाने के नखाने ?


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई आजलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुग्धबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् ।

दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ । खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् ।

आज राति प्राय घरमा दर पाक्छ । विवाहित नारीहरु माइतमा गइ दर खाने गर्दछन् । भोलि बस्ने तीज व्रतको अघिल्लो दिन महिलाहरुले राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिने भएकाले त्यही शक्ति पाउन आज रात परेपछि दर खाने चलन छ ।

कस्ता खाने कुरा खाने ?
– कतिपयले दरमा मासु खाने गर्दछन्, यस्तोमा मासुमा धेरै नुन, मसला राख्नु हुदैँन ।
– दरमा धेरै गुलियो, चिल्लो, पिरो र मसलेदार खानेकुरा खानु हुदैँन ।
– दरमा खादाँ खाली पेट भए  शुरुमा नुनिलो रसयुक्त परिकार खानु पर्दछ ।
– दर खादाँ आफ्नो शरीरमा चाहिने मात्र खानु पर्दछ । बढि खाएमा बान्ता हुनसक्छ ।
– दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खानु पर्दछ ।
– सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।
– दरसँग भुलेर पनि अल्कोहल पिउनु हुँदैन ।

तसर्थ दर खादाँ आफु अनुकुल र स्वास्थ्यले सहन सक्ने परिकार र मात्रामा मात्र खानु पर्दछ । अन्यथा तर खाएको भोलिपल्ट बिरामी पर्न सकिन्छ । साथै व्रत बस्न र नाचगाँन गर्न समेत नसकिने हुन सकिन्छ । विशेषगरी मुटु रोगी, दमका बिरामी वा अन्य कुनै दीर्घ रोग भएका महिलाले व्रत बस्नु वा नाचगानमा बढि सक्रिय हुनु हानिकारक हुनसक्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ०५ बजे

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – यहाँको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित