काठमाडौँसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी « Khabarhub

काठमाडौँसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ८ सेप्टेम्बर अर्थात् ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस । नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन् ।

नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन् । अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । हालै मात्र काठमाडौँ महानगरपालिकालाई साक्षर घोषणा गरिएको थियो ।

साक्षर घोषणा हुन बाँकी २३ जिल्ला 

प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौँ अझै साक्षर घोषणा भएको छैन । जबकि काठमाडौँ देशमै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला मात्र होइन मुलुककै राजधानी पनि हो । नेपालको पहिलो महानगरपालिका काठमाडौँ पनि २१ भदौमा मात्र साक्षर घोषणा भएको थियो ।

यसैगरी, प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन् ।

लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन् । यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ४२ बजे

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी