ट्या‌करले किच्दा सिभिल मल अगाडि एक जनाको मृत्यु | Khabarhub Khabarhub

ट्या‌करले किच्दा सिभिल मल अगाडि एक जनाको मृत्यु


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पानी ट्या‌करले किच्दा काठमाडौंको सिभिल मल अगाडि मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना २ ख ४२२२ नम्बरको ट्यांकरले किच्दा बा ३७ प ११६६ नम्बरको मोटरसाइकलको पछाडि बसेकी युवतीको मृत्यु भएको हो । कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने सुनिता खत्रीलाई ट्याङकरले किचेको थियो । २३ वर्षीया सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । उनको राजधानीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्या‌कर चालक फरार रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ५७ बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी