गठबन्धन फुटाउन एमसीसी उपयोग हुँदैछ : प्रचण्ड (भिडियो) « Khabarhub

गठबन्धन फुटाउन एमसीसी उपयोग हुँदैछ : प्रचण्ड (भिडियो)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई हतियार बनाएर गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले अमेरिकी सहायत परियोजना (एमसीसी) लाई उचालेर गठबन्धन फुटाउने प्रयत्न जोडदाररूपमा भइरहेको बताए ।

‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्र हात धोएरै यसमा लागेका छन् ।’

उनले यथास्थितिमा एमसीसी पारित नहुने अडान फेरि एक दोहोर्‍याएका छन् । अस्पष्ट विषयबारे प्रष्ट पार्न अमेरिकालाई पत्र पठाइएकाले त्यसमा उसले दिने जवाफमा धेरै कुरा भर पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहँदा पार्टीलाई रुपान्तरण गर्न नेतृत्वले दबाब सिर्जना गर्ने अवस्था आएको पनि उनले गुनासो गरे ।

क्रान्ति गर्छौं भन्नेहरु नै प्रतिक्रान्तिकारी भएको र  गुट बनाउँदै लालचमा फसेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ४५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको