एमालेले काँचुली फेरेको हो, फुटेको हाेइन :  पौडेल (भिडियो) « Khabarhub

एमालेले काँचुली फेरेको हो, फुटेको हाेइन :  पौडेल (भिडियो)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभई काँचुली मात्रै फेरेको बताएका छन् ।

बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले समाजवादीको नाममा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताए ।

‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तो मात्रै हो ।’

नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने पनि उनले दाबी गरे ।  नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन उनले आग्रह गरे ।

एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आएपछि एमालेको धारणा तय हुने उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : २९ बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा