पार्टी फुटाउने गलत हुन् : नेता पाण्डे « Khabarhub

पार्टी फुटाउने गलत हुन् : नेता पाण्डे


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनेहरू गलत भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताए ।

पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तक्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसंघर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उनको भनाइ छ ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहेको नेता पाण्डेले भने, ‘पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका छ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ । दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्‍याएको छ ।’

पार्टीमा समयसापेक्षरुपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले समयको मागलाई आत्मसात् गर्नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताए । एकमना सरकारलेसमेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उनको भनाइ छ ।

एक प्रश्नको जवाफमा उनले भने, ‘एमसीसीको विषय यसअघि नै संसद्मा छलफल हुनुपर्नेमा जोड दिँदै उनले यसका गतल र सही पक्षबारे संसद्मै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन ।’

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजाराम पौडेलले मुलुकको समसामयिक गतिविधि एवं यस क्षेत्रको पत्रकारिताको अवस्थाबारेमा जानकारी गराए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ३० बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा