चोरीको आरोपमा कुटिएका सैनिक जवानको मृत्यु, गाउँ छाडेर भागे सबै पुरुष ! | Khabarhub Khabarhub

चोरीको आरोपमा कुटिएका सैनिक जवानको मृत्यु, गाउँ छाडेर भागे सबै पुरुष !


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– स्थानीयको कुटपिटपछि घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।

बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएपछि गाउँमा भागाभाग भएको हो ।

नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिला मात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : २० बजे

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौं– एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे,

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र