मिक्छेनले गरे थ्रीस्टारसँग दुई वर्षको सम्झौता नवीकरण | Khabarhub Khabarhub

मिक्छेनले गरे थ्रीस्टारसँग दुई वर्षको सम्झौता नवीकरण


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीका सदस्य मिक्छेन तामाङले ‘ए’ डिभिजन क्लब थ्रीस्टारसँग दुई बर्षको सम्झौता नवीकरण गरेका छन् ।

बुधबार क्लबले दुई बर्षको लागि मिक्छेन तामाङसँग सम्झौता नवीरकण गरेको हो । सम्झौता रकम भने खुलाइएको छैन ।

मिक्छेन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीका मुख्य खेलाडी थिए ।

गत सिजनसमेत थ्रीस्टारमै रहेका मिक्छेनले यसपालि पनि क्लबसँग रहने निर्णय लिएका हुन् । मिक्छेनलाई अध्यक्ष अरुनमान जोशीले १४ नम्बर अंकित जर्सी दिएर क्लबमा स्वागत गरे ।

यसअघि क्लबले राष्ट्रिय टोलीका अर्का सदस्य आयुश घलानसँग तीन बर्षको सम्झौता गरेको थियो ।

यस सिजनको लिगलाई थ्रीस्टारले कप्तान विक्रम लामासहित राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ, निशान खड्का, अट्याकर संजोक राई, डोना थापा, निराजन महर्जनलाई अनुबन्धन गरेको छ ।

विदेशी खेलाडीमा भने क्लबले हालसम्म एकमात्र राफेल बिदियस रिमलाई जोडेको छ । गत सिजनका गोलरक्षक प्रिसोलाईसमेत क्लबले जोड्ने योजना बनाएको छ ।

क्लबले मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई जिम्मेवारी दिएको छ । गत सिजन टोली हेरेका ए लाइसेन्स प्राप्त प्रशिक्षक मेघराज केसीले टोली छाडेसँगै उर्जनलाई मौका दिइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस पटक लिग २९ कात्तिकबाट आयोजना गर्दैछ । पुरस्कार राशीसमेत बढाएको एन्फाले गत बर्षको ५० लाखलाई बढाउँदै यस पटकको विजेताले ७५ लाख पाउने जनाएको छ । यस्तै दोस्रो हुने टोलीले ५० लाख पाउनेछ ।

१४ क्लब सहभागी लिगको पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ । गत सिजन सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा हुँदा बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : १५ बजे

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले