विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गोल्डेन बृज’ राखियाे « Khabarhub

विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गोल्डेन बृज’ राखियाे


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– विश्वकै लामो दावी गरिएको बागलुङ(पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ ।

बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपीलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी ‘गोल्डेन वृज’ नाम छनोट गरेको हो ।

नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । मंगलबार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनोट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपैयाँ नगद राशी उपलब्ध गराउने घोषण गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ । न्यूज कारखाना

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : १५ बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ