एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट | Khabarhub Khabarhub

एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

एमालेसँगको सम्बन्ध तोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जोडिए पनि निर्वाचन आयोगमा सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्य सोम पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन् ।

दल विभाजनका लागि भदौ २ गते निर्वाचन आयोगमा पेश गरिएको हस्ताक्षरमा नाम नभएको भन्दै आयोगले उनीहरुको सनाखत गर्न अस्वीकार गरेको थियो । उनीहरुले एमालेले कारबाही गर्न नपाउने अन्तरिम आदेशकोसमेत माग गरेका छन् ।

पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी हुन् । उनी अन्तिम घडीसम्म एमाले एकताको पक्षमा लागेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ४९ बजे

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले

फिल्म ‘सिटमोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष

अब धनीका बच्चालाई निजी स्कूल, गरिबलाई सार्वजनिक !

काठमाडौँ – लामो समयको रस्साकस्सीपछि शनिबार संसदको शिक्षा, स्वास्थ्य तथा

स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न फ्याकल्टी एशोसियसनको माग 

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान