कस्तो तिज आयो बरिलै ! « Khabarhub

कस्तो तिज आयो बरिलै !



म बीच बाटोमा ठिङ्ग उभिएकी छु

एउटा किनारमा

रातो साडी लगाएर

‘तिजको रहर आयो बरिलै’

गीत गाउँदै नाचिरहेका

दिदीबहिनीहरूको रमाइलो

अर्को किनारमा

सेतो कपडामा बेरिएर

छाती पिटी पिटी

रोइरहेकाहरूको पिडा

उफ् !

न त रमाउनेहरूको भिडमा जान सक्छु

न त रुनेहरूकोमा

निरीह भएर आज म

बीच बाटोमा ठिङ्ग उभिएकी छु

अगाडि एउटा प्रख्यात मन्दिर छ

म देख्दैछु

मन्दिरमा तँछाड मछाड गरिरहेका

दिदीबहिनीहरूको अचम्मको आस्था

सन्की लोग्नेले पिटेका दागहरू छोप्दै

त्यही लोग्नेको नाममा

पानी पनि नखाई ब्रत बस्नेहरूको

सिन्दुर, पोते र चुराप्रतिको

उदेक लाग्दो विश्वास

अनि

टन्टलापुर घाममा

ससाना बालबच्चाहरू च्यापेर

थोत्रो र मैलो लुगामा

फूलप्रसाद, फलफूल र पोलेको मकै

बेच्दै गरेका दिदीबहिनीहरूको चटारो

अझ त्यही मन्दिरको पेटीलाई नै

घर र तिनै तँछाड मछाड गरिरहेका

भक्तजनहरूलाई नै भगवान मान्दै

मन्दिरको एक कुनामा बसिरहेका

बेसाहारा साना नानीहरू

र, भिख मागिरहेका

बुढी आमाहरूका हातहरू

कामिरहेका स्वरहरू

र आशले हेरिरहेका आँखाहरू

लाग्छ,

आजको दिनले यी सबैलाई

चारैतिरबाट गिज्याइरहेको छ

र, आफैँलाई सोध्दैछ

तिज साँच्चै नारीको महान चाड हो ?

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : २० बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते