एमसीसी उपाध्यक्ष फातेमा काठमाडौँमा, सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

एमसीसी उपाध्यक्ष फातेमा काठमाडौँमा, सुरक्षा व्यवस्था कडा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् ।

कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ९:२५ उत्रिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रुक्स पनि आएका छन् ।

सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । सुमारसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल प्रस्थान गरेकी छन् । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ९ : ५५ बजे

एसीसी यु–१६ : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

काठमाडौं– १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु

धान रोपाइँमा कृषिमन्त्री (तस्बिरहरू)

काठमाडौं–  नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ

माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको

दही चिउरासँग धेरै गुलियो नखान सुझाव

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिनका

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका