तीजको व्रत बस्दा ध्यान दिनपर्ने कुरा « Khabarhub

तीजको व्रत बस्दा ध्यान दिनपर्ने कुरा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी आज बिहिबार हरितालिका तीज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्व अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली पनि कोरोना कहरका कारण व्रत बस्ने देखि गरिने अन्य क्रियालापमै असर परेको छ ।

तीजमा व्रत बस्दा पनि केहि कुरामा ध्यान दिनुपर्ने हुन्छ । व्रत बस्दा ध्यान दिइएन भने ज्यानै जान पनि सक्छ । अघिल्ला वर्षहरूमा तीजमा व्रत बस्दा केहि महिलाहरूको ज्यान समेत गएको थियो । विशेष गरी सुगर र प्रेसरका रोगीहरूले व्रत बस्दा उनीहरूलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरूले व्रतको दिन औषधी समेत नखाँदा उनीहरूको स्वास्थ्यस्थितिमा नराम्रो असर समेत आउन सक्छ ।

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?
– नियमित औषधी प्रयोग गर्ने महिलाकालागि तीजको निराहार व्रत उपयुक्त हुँदैन ।

– पानी नखाइ व्रत बस्दा ज्यान पनि जान सक्छ, त्यसैले व्रतमा पानी पिउदा हुन्छ ।

– भोकै व्रत बस्दा शरीर कमजोर हुन सक्छ, त्यसैले फलफुल र औषधी खानु राम्रो हुन्छ ।

– शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ ।

– तीजमा व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाइनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

– तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा आफ्नो ख्याल गर्नुपर्छ । अन्यथा भोको पेटमा धेरै नाच्दा रिँगटा लागेर बेहोस हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ११ : ४९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार