नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : नेपालको अग्रता दोब्बर, डेब्यु खेलाडी प्रितीले पनि गरिन् गोल « Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : नेपालको अग्रता दोब्बर, डेब्यु खेलाडी प्रितीले पनि गरिन् गोल


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता दोब्बर बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि प्रिती राईले खेलको २४ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन् ।

उनी पनि डेब्यु खेलाडी हुन् । यसअघि खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सविता रानाले नेपालका लागि पहिलो गोल गरेकी हुन् ।

योसँगै नेपालले २-० को अग्रता बनाएको छ ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन । मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् ।

घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

नेपाली टिम :

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ५ : २७ बजे

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने