कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज गरिएको छ ।

कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।

कोरोनाको महामारीका समयमा महाधिवेशन गर्न नहुने वैद्यको जिकिर थियो ।

आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा १४ औं महाधिवेशन हुँदैछ । वडा अधिवेधन ५६ जिल्लामा सम्पन्न भइसकेको छ भने अन्य जिल्लामा पनि वडा अधिवेशनको तयारी भइरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ५ : २७ बजे

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई