नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल दुई गोलले अघि « Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल दुई गोलले अघि


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई गोलले अघि रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा नेपालले २-० गोल अन्तरको अग्रता बनाएको हो ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै डेब्यू खेलाडी सविता रानाले नेपाललाई अग्रता दिलाइन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

योसँगै नेपाल २-० गोल अन्तरले अघि छ । पहिलो हाफ सकिँदासम्म बंगलादेशले पनि केही गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । बंगलादेशविरुद्ध नेपाली खेलाडी हाबी देखिएका छन् ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन । डेब्यु खेलमै उनीहरुले दुबै जनाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

नेपाली टिम :

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ५ : ४७ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट