नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल दुई गोलले अघि | Khabarhub Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल दुई गोलले अघि


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई गोलले अघि रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा नेपालले २-० गोल अन्तरको अग्रता बनाएको हो ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै डेब्यू खेलाडी सविता रानाले नेपाललाई अग्रता दिलाइन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

योसँगै नेपाल २-० गोल अन्तरले अघि छ । पहिलो हाफ सकिँदासम्म बंगलादेशले पनि केही गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । बंगलादेशविरुद्ध नेपाली खेलाडी हाबी देखिएका छन् ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन । डेब्यु खेलमै उनीहरुले दुबै जनाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

नेपाली टिम :

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ५ : ४७ बजे

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले

लेखराज भट्टले भने : एमालेमा गुटबन्दी अन्त्य हुनुपर्छ

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु