टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक « Khabarhub

टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जगदम्बा मोटर्स टीभीएसले ‘अपाचे आरटीआर २०० ४भी’ को बीएस-भीआई र फर्स्ट इन क्लास राइडिङ मोड्ससहितको नयाँ मोडल सार्वजनिक गरेको छ ।

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले बिहीबार द सोल्टी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘अपाचे आरटीआर २०० ४भी’ को फर्स्ट इन क्लास राइडिङ मोड्ससँगै बीएस-भीआई इन्जिन सहितको नयाँ बहु-प्रतिक्षित मोडल सार्वजनिक गरेको हो ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दीलिपले नयाँ मोडलको ‘अपाचे आरटीआर २०० ४भी’ ले नेपाली ग्राहकलाई थप उत्साहित र खुसी बनाउने विश्वास व्यक्त गरे । टीभीएस अपाचे श्रृंखला, संसारभरी रहेका ग्राहक र रेसिङ उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण रहेको उनको दावी छ ।

कार्यक्रममा जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकहरुले सधैं नै टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नै रुचाएको बताए । उनले अगाडि भने, ‘यो नयाँ एडिसनको रेस मेसिनले ग्राहकवर्गमा थप उत्साह ल्याउनेमा हामी आशावादी छौं । टीभीएस मोटर कम्पनीले सधैँ ग्राहकको उच्चतम ड्राइभिङ्ग अनुभवका लागि आफ्ना उत्पादनहरुमा उच्चस्तरीय र नवीन प्रविधिको प्रयोग गर्ने प्रणालीको हामी एकदमै सरहाना गर्न चाहान्छौं ।’

यो मोटरसाइकलमा अब पहिलाको भन्दा फरक फर्स्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हाल यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर तीन ओटा फरक रंगमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ०८ बजे

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर