कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका दुई नेपालीको सनाखत « Khabarhub

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका दुई नेपालीको सनाखत



दोहा-  कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बालुवा र ग्राभेलको थुप्रोले पुरिएर ज्यान गुमाएका दुई जना नेपालीको पहिचान भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोमा पुरिएर मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी रहेकाे कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ ।

दूतावासका अनुसार घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको जनाएको छ ।

घाइते महरालाई भेट्न कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेल बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए ।

दूतवासले समवेदना पत्र जारी गर्दै उक्त घटनामा परी निधन भएकोमा मर्माहत भएको छ । शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना  समेत प्रकट गरेको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ को निर्माणस्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्ता उनीहरु पुरिएका थिए ।

यस्तो छ दूतावासद्वारा जारी समवेदना पत्र

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ४६ बजे

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा