कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका दुई नेपालीको सनाखत « Khabarhub

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका दुई नेपालीको सनाखत



दोहा-  कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बालुवा र ग्राभेलको थुप्रोले पुरिएर ज्यान गुमाएका दुई जना नेपालीको पहिचान भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोमा पुरिएर मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी रहेकाे कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ ।

दूतावासका अनुसार घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको जनाएको छ ।

घाइते महरालाई भेट्न कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेल बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए ।

दूतवासले समवेदना पत्र जारी गर्दै उक्त घटनामा परी निधन भएकोमा मर्माहत भएको छ । शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना  समेत प्रकट गरेको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ को निर्माणस्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्ता उनीहरु पुरिएका थिए ।

यस्तो छ दूतावासद्वारा जारी समवेदना पत्र

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ४६ बजे

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग