चिनियाँ विद्युतीय गाडी ‘अविता ई ११’ सार्वजनिक गरिँदै « Khabarhub

चिनियाँ विद्युतीय गाडी ‘अविता ई ११’ सार्वजनिक गरिँदै


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक विद्युतीय सवारी साधनको सार्वजनिक गर्ने भएको छ ।

यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ। कम्पनीका अनुसार संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो। यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो।

यो सञ्जाललाई ‘सीएचयन’ नाम दिइएको छ, जुन तीन कम्पनीको नामहरु बाट संक्षिप्त गरिएको हो ।

अविता ई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको कम्पनीको दाबी छ ।

हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र सीएटीएलले ब्याट्रीको प्रविधिको उत्पादन गरेका छन्। यो गाडीको नमुनालाई एक मध्यम आकारको विद्युतीय एसयूवीको दर्जा दिइएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ९ : ०० बजे

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको