चिनियाँ विद्युतीय गाडी 'अविता ई ११' सार्वजनिक गरिँदै | Khabarhub Khabarhub

चिनियाँ विद्युतीय गाडी ‘अविता ई ११’ सार्वजनिक गरिँदै


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक विद्युतीय सवारी साधनको सार्वजनिक गर्ने भएको छ ।

यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ। कम्पनीका अनुसार संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो। यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो।

यो सञ्जाललाई ‘सीएचयन’ नाम दिइएको छ, जुन तीन कम्पनीको नामहरु बाट संक्षिप्त गरिएको हो ।

अविता ई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको कम्पनीको दाबी छ ।

हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र सीएटीएलले ब्याट्रीको प्रविधिको उत्पादन गरेका छन्। यो गाडीको नमुनालाई एक मध्यम आकारको विद्युतीय एसयूवीको दर्जा दिइएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ९ : ०० बजे

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक