५५ बर्षअघि हराएको औँठी फेला पारेपछि… « Khabarhub

५५ बर्षअघि हराएको औँठी फेला पारेपछि…


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं हाम्रो जीवनमा यस्ता विशेष घटना घट्न पुग्छन् जसको अनुमान लगाउन समेत सकिदैन । यस्तै भएको छ एक व्यक्तिको जीवनमा । एक व्यक्तिले आफुले गुमाएको औँठी ५५ बर्षपछि भेटेका छन् ।

एक व्यक्ति जसले आफ्नो आमाबुवाको बगैँचामा विवाह गरेका थिए, उनले त्यहि औँठी हराए । रैनसम जोन्स नामक व्यक्तिले पाँच दशक भन्दा पहिले मफ्रीसबोरोमा मुल घरमा काठको काम गर्दा आफ्नो विवाहको औँठी हराएका थिए । यो औँठी उनले लामो समयसम्म लगाउन सम्म पाएका थिएनन् ।

जोन्सका अनुसार औँठी हराएपछि उनका सम्पुर्ण परिवारले यसको खोजी तिव्र पारे । उनीहरुले कैयौं वर्षसम्म औँठी खोजे तर भेट्न सकेनन् । जोन्सले आफ्नो पत्नी व्रेन जोन्स सहित आफ्ना छोराछोरीलाई समेत औँठी हराएको बताए र धेरै बर्षसम्म यसको खोजी गर्न अह्राए । तर औँठी भेट्न सकेका थिएनन् ।

जोन्सका अनुसार ढोका खोलेर सामान फ्याक्दा औँठी समेत फालिएको थियो । यसरी हराएको औँठीका बारेमा उनले छोराछोरीले भने र खोज्न लगाए । तर खोज्दा समेत नभेटेपछि उनको ५१ बर्षिय छोराले केवल आफुहरुलाई व्यस्त राख्न जोन्सले झुट बोलेको ठान्दथे ।

जोन्सले सन् २००६ मा डग र सामन्था कुकलाई घर बेचे । डग कुकलाई घर छाडेर जादाँ जोन्सले आफ्नो औँठीका बारेमा बताएका थिए । तर घर किनेका डगले औँठी फेला पारे र जोन्सलाई फिर्ता दिए । डेली न्यूज जर्नलसंगको कुराकानी जोन्सले बताए अनुसार उनले हराएको सो औँठी करीब ५५ बर्षपछि फेरी पाएका छन् । जसका कारण उनी अत्यन्त खुसी छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ५९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक