यसरी चिन्नुहोस् प्लास्टिकको चामल « Khabarhub

यसरी चिन्नुहोस् प्लास्टिकको चामल


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

प्लाष्टिकको चामलका बारेमा सामाजिक सञ्जाल, समाचार र अन्यत्रबाट सुन्नु, देख्नु भएको होला । प्लाष्टिकको चामल कतै आफैले किनिएको त छैन भनेर डर पनि लाग्ला । यस्तोमा प्लाष्टिकको चामल र सक्कली चामल कसरी छुट्याउने त ?

सक्कली र नक्कली चामल उस्तै देखिन्छ । तर नक्कली चामल अर्थात प्लाष्टिकको चामल स्वास्थ्यकालागि निकै हानिकारक हुन्छ । प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले हर्मोनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीमा असर पार्दछ । यसका साथै पेटको विभिन्न समस्या निम्त्याउने गर्दछ । तसर्थ प्लाष्टिकको चामल यसरी छुट्याउनु होस् ।

१. थोरै चामल लिने र त्यसमा सलाईको काँटीले आगो लगाउने । यदि त्यसबाट प्लाष्टिक जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।

२. एउटा चम्चामा तेललाई तातो बनाउने र त्यसमा चामल हाल्ने । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ । सक्कली भरे चामल तारेको जस्तो हुन्छ ।

३. एक चम्चा चामललाई एक ग्लास पानीमा हाल्नुहोस् र मिक्स गर्नुहोस् । प्लाष्टिकको चामल पानीमा तैरिन्छ । सक्कली चामल डुब्दछ ।

४. थोरै चामल पकाउने । यदि पकाएको भाडोको पिँधमा कुनै पत्र जमेको देखियो भने यो प्लाष्टिकको चामल हुनसक्छ । सामान्य चामलको भात टासिँदैन ।

५. माथि भनिए बमोजिम गर्दा पनि छुट्याउन सकिएन भने पकाएको चामलको भातलाई केहि दिन अलग्गै छोपेर राख्नुहोस् । यो कुहिएन, गन्हाएन भने नक्कली प्लाष्टिकको चामल हुनसक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ०३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी