मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित « Khabarhub

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेका हो ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा गरेका थिए । दोस्रो गोल एकल प्रयासमा सम्भव भयो भने तेस्रो गोल बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको हो । बिहान भएको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : २३ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई