देउवाको गुनासो– अन्तर्घातीहरुले पार्टीभित्र मेरो विरोध गरे | Khabarhub Khabarhub

देउवाको गुनासो– अन्तर्घातीहरुले पार्टीभित्र मेरो विरोध गरे


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात गरेर पार्टीलाई चुनावमा हराउनेहरु पुनः आफूविरुद्ध उभिएको दाबी गरेका छन् ।

चुनावका बेला आन्तर्घात गरेर पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फस्दै गएको पनि देउवाले तर्क गरेका छन् ।

सभापति देउवाले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे ।

दुई कम्युनिस्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्‍याउँदै सभापति देउवाले सो हारको दोषी आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए ।

देउवासँगै मञ्चमा रहेका नेता कृष्णप्रसाद सिटौलातर्फ संकेत गर्दै सभापति देउवाले तत्कालीन सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वार्ता गर्न पठाएको तर, मिलाउन नसकेको भन्दै असन्तुष्टि पोखे ।

पार्टीका नेताहरुले आफूलाई मात्रै आरोप लगाएर गैर प्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको पनि देउवाले आरोप लगाए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले भने पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग आग्रह गरे । पार्टी कमजोर हुनुको जिम्मेवारी नेतृत्वले लिनुपर्ने पनि सिटौलाको भनाइ थियो ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ५६ बजे

सहकारी ठगी प्रकरण : रवि लामिछानेका वकिलको बहस सुरू

पोखरा– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो, प्रदूषित शहरको पाँचौ सूचीमा

काठमाडौं– अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको

सुन्तलाको बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

गलकोट– सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो 

काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो

टेकुमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार

काठमाडौं– गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत