कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो | Khabarhub Khabarhub

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो काठमाडौँ– नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुस्त ब्याटिङ गरेको छ ।

ओमानमा भइरहेको डे नाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दा सुरुमै विकेट गुमाउन पुग्यो । ६ रनमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अर्का ओपनर आरिफ शेखलाई ९ को स्कोरमा गुमायो ।

त्यसपछि नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासे । मल्ल अर्धशतक बनाउनबाट चुके । उनी ७० बलमा ४५ रन बनाएर आउट हुँदा नेपालको स्कोर ९८ रन थियो । मल्ल र रोहितबीच ८९ रनको साझेदारी भएको थियो ।
नेपालले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाए र २९ ओभरमा ११९ रन बनाएको छ ।

रोहित पौडेल ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई बिनोद भण्डारीले साथ दिइरहेका छन् । नेपालले पहिलो खेल २ विकेटले जितेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : १३ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र

आज २०८२ साल साउन २५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा