शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक खनाल « Khabarhub

शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक खनाल


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई “सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स” विषयमा सो कुरा बताएका हुन् ।

महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्तम मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताए । उनले शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए ।

शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उनले जोड दिए ।

उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उप महासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तान सहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्नड देशका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : १५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय