पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध « Khabarhub

पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन पहल भइरहेको पौडेलको भनाइ छ ।

‘अहिले पनि त्यस क्षेत्रमा पहिरो निरन्तर खसिरहेको छ । जसले गर्दा पहिरो हटाउन समस्या छ । पहिरो हटाउन अझै केही दिन लाग्नसक्छु,’ उनले भने । दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले पहिरो हटाउन तीन वटा स्काभेटरको प्रयोग गरिएको जानकारी दिए । उनले पहिरो खस्ने क्रम अझै नरोकिएकाले समस्या भइरहेको बताए ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म मात्र पुग्ने गरेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ५९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को