ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको छ : नेपाल « Khabarhub

ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको छ : नेपाल


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दक्षिणपन्थी गठबन्धन सबै उपलव्धीलाई तुहाउन चाहनेको गठबन्धन भएको आरोप लगाए ।

उनले आफूहरुको गठबन्धन मुलुक निर्माणका लागि भएको दाबी गरे । एमालेका अध्यक्ष ओलीप्रति आक्रमक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए । उनले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप लगाए ।

यस्तै उहाले एमसीसी नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताए । एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको उनले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु दलबहादुर सुनार, कौशिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपन्देहीका अध्यक्ष राजु गुरुङ, युवा संघका अध्यक्ष नरेश शाही, युवा संघ लुम्बिनी इन्चार्ज सरिता श्रीस लगायतले पार्टीलाई मजबुद बनाएर अघि बढ्ने जनाएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ