एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, ३ हजार प्रतिनिधिले भाग लिने « Khabarhub

एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, ३ हजार प्रतिनिधिले भाग लिने


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको मिति परिवर्तन गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरिएको सचिब योगेश भट्टराइले जानकारी दिए ।

उनले समय अपुग भएकाले यसअघि तोकिएको मिति परिवर्तन गरिएको बताए । उनका अनुसार विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी दिए ।

स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे पनि निर्णय गरेको छ । सचिब भट्टराईका अनुसार एमालेको विधानमा महाधिवेशनमा विधान परिषद्का सदस्यले भाग लिने व्यवस्था गरिएको भए पनि हाल सो परिषद् नभएकाले बाधाअड्काउ फुकुवामार्फत प्रतिनिधिबारे निर्णय गरिएको बताए ।

उनका अनुसार पार्टीको केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय आयोगहरुका सबै पदाधिकारी र सदस्य, विभागबाट १५ जना, सबै जनवर्गी संगठनबाट १०–१० जना राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशका सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला, एक पुरुष र एक दलित, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।

यस्तै १० प्रतिशत प्रतिनिधिहरु केन्द्रीय कमिटीले मनोनित गर्नेसमेत व्यवस्था गरिएको छ । यी सबै गरी करिब ३ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने सचिब भट्टराईले जानकारी दिए ।

विधान महाधिवेशन तयारीका विषयमा असोज ३ र ४ गते स्थायी कमिटी तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने छ । यी बैठकले विधान संशेधनको मस्यौदा र अन्य प्रतिवेदनहरु पारित गर्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : ०२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ