संसदमा आफ्ना सांसदहरु उच्छृंखल भएपछि एमालेले बोलायो संसदीय दलको बैठक « Khabarhub

संसदमा आफ्ना सांसदहरु उच्छृंखल भएपछि एमालेले बोलायो संसदीय दलको बैठक


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको एमालेका सांसदहरुले संसदमा उच्छृंखल व्यबहार देखाएपछि चौतर्फी आलोचना भएको छ । यसरी आफ्ना सांसदहरुको आलोचना भएपछि सांसदहरुलाई संसदीय मर्यादा सिकाउन एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबारका लागि संसदीय दलको बैठक बोलाइएको पार्टी सचिब योगेश भट्टराईले जानकारी दिए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए । उनले भने, ‘एमालेले सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गरिरहेको छ । विरोधका सीमा र संसदीय मर्यादा कायम राख्ने विषयमा सांसदहरुलाई स्पष्ट पार्न संसदीय दलको बैठक बोलाइएको छ ।’ उनले एमाले मर्यादित संसदीय दलको भएको भन्दै यही विषयमा छलफल गर्न दलको बैठक बोलाइएको बताए ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरु आफ्ना साथी सांसदको बुइ चढेर रोष्टमसम्म जाने प्रयास गरेका थिए । एमालेका केही सांसदले सभामुखलाई माइकले झटारो हान्नेसम्मको प्रयास गरेका थिए । एमाले सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा देखाएको व्यबहारको चौतर्फी आलोचना भइरहेको छ ।

सभामुख सापकोटाले संसद चलाउने विषयमा एमालेसँग कुनै छलफल नगरेको भट्टराईले बताए । उनले सभामुखले संसदको विश्वाससमेत कायम नगर्न नसकेको भन्दै सभामुखले छलफल गरेपछि संसद चल्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

सरकारले बलमिच्याइँ गरेर वातावरण भड्काएकोसमेत एमालेले निष्कर्ष निकालेको छ । शुक्रबार छापामार शैलीमा हठात प्रतिस्थान विधेयकमार्फत बजेट ल्याएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

स्थायी कमिटी बैठकले प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटप्रति आपत्ति प्रकट गरेको सचिब भट्टराइले जनाए । उनले ओली सरकारले ल्याएको बजेटमा समावेश गरिएका लोकप्रिय कार्यक्रम कटौती गरिएको तर हचुवाका भरमा नयाँ कार्यक्रम थपिएको भन्दै एमालेको बजेटा विरोध रहेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : १५ बजे

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका