सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।

बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ । यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको तथा एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन् ।

गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफलमा छ । अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमा एकमत छैन । तथापि एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : २५ बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी