एमाले संसदीय दलको बैठक जारी (लाइभ) « Khabarhub

एमाले संसदीय दलको बैठक जारी (लाइभ)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । यो बैठकले आइतबारको संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने छ ।

बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको बजेटमा रहेका के के कार्यक्रमहरु कटौती गरिए भन्ने विषयमा ब्रिफिङ गरेका छन् । उनले आफूले ल्याएका योजना अहिले देउवा सरकारले बजेट अभाव भन्दै कटौती गरेको बैठकमा जनाएका छन् ।

एमालेले देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटमा आपत्ति जनाइसकेको छ । शनिबारको स्थायी कमिटी बैठकले सल्लाहनै नगरी छापामार शैलीमा बजेट ल्याएको निस्कर्ष निकालेको थियो ।

यस्तै आइतबारको संसदीय दलको बैठकले संसदमा एमाले सांसदहरुको उच्छृंखल व्यबहारबारे पनि छलफल हुनेछ । विरोध गर्दा पनि संसदीय सीमामा रहेर विरोध गर्नुपर्ने स्थायी कमिटी बैठकले निर्णय गरेपछि आइतबार आफ्ना सांसदहरुलाई विरोधको स्वरुपबारे जानकारी गराउन संसदीय दलको बैठक बोलाएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ३१ बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी