एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह, १५ मिनेटका लागि बैठक स्थगित « Khabarhub

एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह, १५ मिनेटका लागि बैठक स्थगित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।

लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सिर्जना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।

सभामुख सापकोटाले आफ्नो अधिकारको पालना गर्दा अरुको अधिकार उल्लंघन गर्न नहुने विश्वव्यापी मान्यता रहेको भन्दै अन्य सांसदहरुको अधिकार संकुचित नगर्न आग्रह गरेका छन् ।

उनले संसदीय मूल्य र मान्यता कायम गर्न पटक पटक आग्रहसमेत गरेका छन् । सबै मिलेर संसदीय मान्यता कायम गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गरे र १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार