चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ « Khabarhub

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटौँ जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए । उनका अनुसार कास्की मोडनाइज्डका मानस तामा द्वितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका छन्।

विजयी विद्यार्थीलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहेका थिए । सो अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कोरोना भाइरस सङ्क्रमणका समयमा विद्यार्थीको प्रतिभा बाहिर आउन नसकेको जनाउँदै विद्यार्थीलाई सिर्जनात्मकरुपबाट अघि बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले अब छिट्टै नै भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारीसमेत दिए । उनले भने, “भौतिकरुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौँ, कोरना सङ्क्रमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कूल सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा प्रतियोगिता गरेर विद्यार्थीको कला उजागार गर्न सफल भएको बताए । चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इँटा थप्ने काम गरेको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका