सोम पाण्डे र शारदालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश « Khabarhub

सोम पाण्डे र शारदालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश मीरा खड्काको इजरालले अन्तरिम आदेशका लागि मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिबेलासम्म कारबाही प्रक्रिया अगाडि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको निर्णयविरुद्ध पाण्डे र भट्ट सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले सोम पाण्डे र शारदा भट्टलाई किन सनााखत नगारएको १५ दिन भित्र जवाफ दिन निर्वाचन आयोगको नाममा कारण देखाऊ आदेश दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : २० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ