यसरी संसद् कति दिन चल्छ ओलीलाई सोध्नू : देउवा « Khabarhub

यसरी संसद् कति दिन चल्छ ओलीलाई सोध्नू : देउवा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अवरोध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण भएको भन्दै यसको जिम्मा पनि उसैले लिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद् चल्छ भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘ओलीलाई सोध्नू ।’

आइतबार २ पटक बैठक बसे पनि एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाको भूमिकाका कारण एमाले विभाजन भएको भन्दै एमालेले लगातार संसद अवरोध गरिरहेको छ । संसद चलाउने विषयमा सरकारले पहल नगरेको एमाले नेताहरुले बताएका छन् ।

आइतबार सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफल सकरात्मक भएन ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : २९ बजे

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

फु्ङ्लिङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर