माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ : नेम्वाङ « Khabarhub

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ : नेम्वाङ


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नसक्ने बताएका छन् । आइतबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यथास्थितिमा आफूहरूले संसद् बैठक चल्न नदिने चेतावनी दिएका हुन् ।

एमालेका तत्कालीन माधवकुमार नेपालसहितका १४ जना सांसदमाथि कारबाही गरिएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले जारी नगरेसम्म बैठक चल्न नदिने नेम्वाङको भनाइ छ ।

एमालेले आफ्ना सांसदमाथि कारबाही गरिएको पत्र पठाउँदा १३ दिनसम्म सभामुख सापकोटाले सूचना जारी नगरेको भन्दै उनले सभामुखले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग गरे ।

‘एमालेको बैठक आफ्ना १४ जना सांसदमाथि कारबाही गरेर संसद् सचिवालयलाई जानकारी गराउँदा सभामुखले १३ दिनसम्म सूचना प्रकाशित गर्नुभएन’, नेम्वाङले भने, ‘निर्वाचन आयोगले दलको मान्यता दिएपछि सभामुखले अब आफूले केही गरिरहनु परेन भनेर कानुनी जिम्मेवारी पूरा गर्नुभएन । हामीले कानुनले तोकेको आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको हो ।’

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले गत बुधबार र शुक्रबार तथा आइतबारको बैठकमा नाराबाजी गर्दै अवरोध पुर्‍याएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ५७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी