अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ (भिडियोसहित) « Khabarhub

अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ (भिडियोसहित)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको मैतीदेवीस्थित मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद वस्तु राखेर फिरौती रकम मागेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ ।

केन्द्रमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले शंकास्पद वस्तु राखेको देखिएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त बनाउने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

भाद्र २४ गते मातृका आँखा केन्द्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको थियो ।

यसैगरी प्रहरीले लागू औषध अफिम कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिका साथ २ केजी दुई सय २४ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।

हेरौँ भिडियो

https://www.facebook.com/watch/?v=1027972414617707

यो पनि पढौँ

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित) 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल