नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल शुरु (लाइभ) « Khabarhub

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल-बंगलादेश राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको हो । पहिलो खेलमा जित हात पारेको नेपाली टाेली आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ खेलाडी घोषणा गरेका हुन् । जसमा  तीन खेलाडी परिवर्तन गरिएको छ ।

गोलकिपर अन्जना राना मगर, अनिता बस्नेत र रश्मी घिसिङ सुरुवाती-११ मा परेका छन् । यस अघि खेलेका एन्जिला सुब्बा, सबिता राना र मन्जली योन्जनलाई बाहिर राखिएको छ ।

हेरौँ भिडियो

पहिलाे मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले शानदार प्रदर्शन गरेका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ५९ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट