नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी | Khabarhub Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन सकेनन् । दुबै टोली विजयी लक्ष्यसहित मैदानमा उत्रिएका छन् । रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीले बंगलादेशको सामना गरिरहेको छ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा भने नेपालले जित हात पारेको थियो । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

हेरौँ भिडियो

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ५३ बजे

एसवाई प्यानल नेपालले आईपीओ ल्याउने

काठमाडौं– दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

पर्वत– पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी – एक स्थानीय अधिकारीका अनुसार बुधबार पश्चिमी हेरातको इस्लाम

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

काठमाडौं– संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच

विषादी न्यूनीकरणमा कृषि ज्ञान केन्द्र मनाङको जोड

मनाङ– हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा