नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन सकेनन् । दुबै टोली विजयी लक्ष्यसहित मैदानमा उत्रिएका छन् । रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीले बंगलादेशको सामना गरिरहेको छ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा भने नेपालले जित हात पारेको थियो । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

हेरौँ भिडियो

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ५३ बजे

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा