ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन घोषणा | Khabarhub Khabarhub

ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन घोषणा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपालीहरुको महान चाड बडा दशैँ २०७८को शुभ अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेका हौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर, पियरसन शेनले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, वेबसाइटमा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी सहभागीहरु मध्यबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ १९ प्रो, ओपो एफ १९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना अक्टोबर १८, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : १५ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी– विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका