नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी « Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र बंगलादेशले दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

रेनुका नगरकोटीको कप्तानीमा मैत्रानमा उत्रिएको नेपाली महिला टोलीले बंगलादेशविरुद्ध राम्रा अवसरहरु सिर्जना गरेपनि बंगलादेशकी किपरले विफल पारेकी थिइन् । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा भने नेपालले जित हात पारेको थियो ।

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

खेलका लागि नेपाली महिला टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ५१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर