करणी र डाका मुद्दामा फरार अभियुक्त १० वर्षपछि पक्राउ « Khabarhub

करणी र डाका मुद्दामा फरार अभियुक्त १० वर्षपछि पक्राउ


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले जबरजस्ती करणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०६४ भदौमा एक महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरी सुनलगायत बहुमूल्य गरगहना लुटेर फरार भएका सुनसरी इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजाबुल मियालाई आज दिउँसो पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत विराटनगरको विसं २०६८ असार ३० को फैसलाले १४ वर्ष पाँच महिना १२ दिन कैद सजाय र रु ६४ हजार ५०० जरिवाना गरेपछि फरार रहेका मियालाई आज सुनसरीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : ३० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ